शिव राज खनाल
दाङ २७ भदौ ।
कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर ७ कि लक्ष्मी चौधरी ब्याचलरमा अध्ययनरत छात्रा हुन , उनी लमही नगरपालिका वडा नबर १ नर्तीमा अबस्थित लावाजुनी क्षात्रा बासमा बस्न थालेको १० बर्ष जति भयो । अहिले उनी लगाएत २३ जना क्षात्रा लाई दैनिक छाक टार्नै मुस्किल परेको छ । “एक महिना जति त हामी बिना नुन ,तेलनै खाना खायौ , कुनै दिन त भोकभोकै पनि बस्नु पर्यो , अहिले भने वडाले केही दिनलाइ पुग्ने दिएको छ ” – चौधरीले भनिन ।
नेपाल सरकारले कक्षा १२ सम्म अध्यनरत मुक्त कमलहरी बिद्यार्थिका लागि छात्रवृत्ति भनेर मासिक रुपमा १ जना छात्रा बराबर ४००० रुपैयाका दरले दिने गरेको छ । उनी संगै अन्य २२ जना क्षात्राले तेहि रुपैया बाट दैनिक जुजारा चलाउदै आएका थिए । तर अहिले १२ पास भैसकेकाले सरकार बाट पाउने उक्त सेवा नपाउने भए पछि उनिहरुलाइ समस्या उत्पन्न भएको हो ।
लमही नगरपालिका वडा नम्बर १ ले खाद्यान्न सहयोग गरेको छ । वडा नम्बर १ मा पर्ने लावाजुनी छात्राबासमा बस्ने २५ जना मुक्त कमलहरी छात्राहरुलाइ खाद्यान्न सहयोग गरेको हो ।
लावाजुनी छात्रावासमा बस्ने छात्राहरु खाना लाई समस्या भएको भन्दै वडा कार्यलयमा सहयोग माग्न आए पछि वडा कार्यलय बाट सहयोग गरेको लमही १ का वडा अध्यक्ष दामोदर पौडेलले बताए । “अहिले हामिले केही दिन लाई पुग्ने गरि थोरै सहयोग गरेका छौ , बाकी थप गर्दै जाने छौ ” – पौडेलले भने ।
वडा कार्यलयले एक कुइन्टल २५ किलो चामल ,१० केजि दाल ,५ लिटर खाने तेल, १ केजि खुर्सानी ,५ केजी नुन सहयोग गरेको हो ।


