मनकामनामा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा तीज मिलन कार्यक्रम – Kanika Khabar
Thursday, May 2Nepali News Portal

मनकामनामा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा तीज मिलन कार्यक्रम

    मा प्रकाशित

दाङ, २९ भदाै

दाङकाे घाेराहीस्थित मनकामना इङलिस सेकेन्डरी स्कुल घाेराही दाङमा कक्षा ११का विद्यार्थीलाई स्वागत तथा तीज विशेष  कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालयले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेकाे हाे ।

कार्यक्रमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै तीज विशेष कार्यक्रमकाे आयोजना पनि गरिएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न कला तथा प्रस्तुति राखेका थिए । कार्यक्रम नृत्य, गीत लगायतका प्रस्तुति राखिएकाे थियाे ।

कार्यक्रममा विद्यार्थीहरूका बिच तीज नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीकाे अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष बिमल जैशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा प्याब्सन घाेराही नगरका सदस्य बिमल भण्डारी, गाेरक्ष रत्ननाथ मन्दिरका महन्त सुरजनाथ याेगी लगमयतले मन्तव्य राखेका थिए ।

शिक्षक प्रकाश कालाथाेकीकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे शिक्षक विश्वजित यादव र शिक्षिका इच्छा राेका मगरले सहजीकरण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्