दाङ, ३० भदौ ।
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज १३ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेस निकट व्यापारी संगठन प्रजातान्त्रिक उद्यमी संघका र नेकपा माओवादी केन्द्र निकट व्यापारी संगठन नेपाल उद्योग व्यापार संगठन, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट व्यापारी संगठन अखिल राष्ट्रिय व्यापार उद्योग व्यापार संघ र राष्ट्रिय जनमोर्चा निकट व्यापारी संगठन राष्ट्रिय व्यापार तथा उद्योग व्यापार महासंघको संयुक्त रूपमा उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा वसन्त जोशी , वरिष्ठ उपाध्यक्षमा नरेश निखिल श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरत राज रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का , महासचिवमा महेन्द्र बुढाथोकी , सचिवमा बिकास वली, कोषाध्यक्षमा जगत आचार्य र सह कोषाध्यक्षमा माधब खनालले उम्मेदवारी दर्ता गरेको हुन ।
साथै महिला सदस्यमा लिला नेपाली ,उद्योग सदस्यमा विक्रम राना, एसोसिएट सदस्यमा युवराज पोख्रेल, बस्तुगत सदस्यमा विष्णु प्रसाद रिजाल , बाणिज्य सदस्यहरुमा निमबहादुर बुढाथोकी, युवराज पन्त, दिपक पण्डित , सुरज बुढाथोकी, पुष्पराज न्यौपाने, रुद्र बहादुर शर्मा, नर्वे तामाङ र रामप्रसाद पोख्रेलले दर्ता गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै संघकाे निर्वाचनमा नेकपा एमाले, राप्रपा, विप्लव माओवादी तथा मशाल निकट व्यवसायी संघकाे प्यानल निर्माण गरी मनाेनयन दर्ता गराएका छन् ।
अध्यक्षमा रामप्रसाद पाेख्रेल , वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन, उद्योग उपाध्यक्षमा ध्रुवराज गहतराज, बाणिज्य उपाध्यक्षमा राजभक्त राना , महासचिवमा शालिकराम खनाल , सचिवमा भिमसेन डाँगी, कोषाध्यक्षमा प्रेमबहादुर बुढा मगर र सह कोषाध्यक्षमा यादव कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेको हुन ।
साथै महिला सदस्यमा देवकला बस्नेत ,उद्योग सदस्यमा सन्ताेष नेपाली, एसोसिएट सदस्यमा गणेशप्रसाद दाहाल, बस्तुगत सदस्यमा ओकप्रकाश पाेख्रेल , खुला सदस्यहरुमा रण विक्रम चन्द , राज कुमार गुप्ता, शुसिल आचार्य, कृष्ण बहादुर कुवर,अर्जुन पन्थी,रेवन्त कुमार श्रेष्ठ, सन्जय विश्वकर्मा, शेर बहादुर पुनले दर्ता गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।


