तीजको कार्यक्रममा युवाहरुबिच झडप, एक जनाको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

तीजको कार्यक्रममा युवाहरुबिच झडप, एक जनाको मृत्यु

    मा प्रकाशित

पाल्पा, १ असोज ।
तीजको नाचगान कार्यक्रममा युवाहरुबिच झडप हुँदा पाल्पामा एक जना युवाको हत्या भएको छ ।

मृत्यु हुनेमा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर २ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्री हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राती पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्