निजी सवारीसाधनले यात्रु बोकेको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा सरकारको ध्यानाकर्षण – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

निजी सवारीसाधनले यात्रु बोकेको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा सरकारको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं ।
यातायात व्यवसायीले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले सङ्क्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको विषयमा ध्यानाकर्षण गराइएको महासंघका महासचिव सरोज सिटौलाले सीआईएनलाई जानकारी दिनुभयो ।

उहाँले सरकारले दिएको निर्देशन अनुसार यातायात व्यवसायीहरु अनुशासित भएर बसेको अवस्थामा निजी सवारीहरुले यसैलाई मौका बनाएर कमाउधन्दा चलाइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाउनुभयो । गृहसचिव महेश्वर न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्