१९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

१९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन

    मा प्रकाशित

दाङ, ६ असोज ।
१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएका हुन् ।

केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज भएको हो । उद्घाटन समारोहका लागि हान्झाउलाई झकिझकाउ पार्नुका साथै त्यहाँको पहाडी सुन्दरता र नदीहरूलाई सिधै मञ्चमा उतारेर प्रस्तुत गरिएको छ ।

एसिया मात्रै नभएर विश्वले नै उद्घाटन यो समारोहलाई चासो दिएर हेरेको छ । प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्