नेकपाको चुलिदो विवाद झन गहिराइमा पुग्दै – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

नेकपाको चुलिदो विवाद झन गहिराइमा पुग्दै

    मा प्रकाशित

कनिका संवाददाता
असार २५, काठमाडौं

पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन । पछिल्ला बैठकमा एकअर्काबीच मन माझामाझ भए पनि विवाद भने झन गहिराइमा पुगेको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र पार्टीको अध्यक्ष मध्य एक छोड्न ओलीलाई आग्रह गरे पनि त्यसलाई मान्न उहाँ तयार देखिनुभएको छैन । आज पनि दुई अध्यक्षबीच छलफलको तयारी भए पनि स्थान र समयको टुङ्गो नलागेको बालुवाटार स्रोतले जनाएको छ । स्थायी कमिटिमा प्रचण्ड–नेपाल समूहका नेताले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि सारिएको छ । नेतृत्वले पार्टीलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपाका युवा नेताले भने तत्काल निकास दिन माग गरेका छन् । स्थायी कमिटि बैठकबाट पार्टी भित्रको विवाद् टुङ्गो नलागे केन्द्रीय समिति बैठक बोलाउनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाईरहेकाहरुले यस्तो माग गरेका हुन् । सीआईएसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले कुनै पनि शर्तमा नेकपा फुट्न नदिने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्