भरुवा बन्दुकसहित एक युवक पक्राउ – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

भरुवा बन्दुकसहित एक युवक पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार २५,नुवाकोट
भरुवा बन्दुकसहित प्रहरीले नुवाकोटका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकलाई नुवाकोट प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरमा रहेको तादी गाउँपालिका–५ का रामबहादुर तामाङलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । स्थानीय एक युवकको घरमा भरुवा बन्दुक रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनलाई थप अनुसन्धानका लागि नुवाकोट जिल्ला अदालतमा पेश गरिने प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तामाङको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको हो । आज तामाङलाई जिल्ला अदालतमा पेश गरिने डिएसपि थापाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्