महायज्ञमा चहलपह बढ्दै – Kanika Khabar
Monday, February 16Nepali News Portal

महायज्ञमा चहलपह बढ्दै

    मा प्रकाशित

घोराही,३० असोज ।

घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा सञ्चालित श्रीमद वाल्मीकि रामकथा नवाह महायज्ञ–२०८० मा दर्शनार्थीहरुको चहलपह बढ्दै गएको छ । घट्स्थापनाका दिनदेखि सुरुभएको धार्मिक महायज्ञको तेश्रो दिन धार्मिक महायज्ञमा प्रवचन सुन्न तथा अवलोकनका लागि पुग्ने भक्तजन तथा दर्शनार्थीहरुको उपस्थीति बढ्न थालेको हो ।

धार्मिक महायज्ञको दोश्रो दिन सोमवार ६१ हजार बढी आर्थिक संकलन भएको छ । महायज्ञको दोश्रो दिन सोमवार ६१ हजार पाँच सय ५५ रुपैया आर्थिक संकलन भएको महायज्ञका आर्थिक संकलन उपसमितिका संयोजक गोविन्द पौडेलले जानकारी दिएका छन् ।

अम्बिकेश्वरी मन्दिरकोे स्वागतद्दार तथा भौतिक संरचना निर्माणको सहयोगार्थ सञ्चालित श्रीमद वाल्मीकि रामकथा नवाह महायज्ञमा सञ्चालन भएको छ । श्रीमद वाल्मीकि रामकथा नवाह महायज्ञको प्रमुख बाचकमा पण्डित कोमल उपाध्याय रहेका छन् । महायज्ञमा प्रवचनसँगै रामलिलामा आधारित कथालाई नाटकिय रूपमा प्रदर्शन गर्ने गरिएको छ । महायज्ञमा प्रत्येक दिन गङ्गा आरती पनि गर्ने गरिदै आइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्