दाङ, ७ कार्तिक ।
आज मंगलबार दाङमा विभिन्न स्थानमा भएको सवारी दुर्घटना भएको छ । जिल्लामा भएका विभिन्न दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । जिल्लाको तुलसीपुर–घोराही सडक खण्डको हेमन्तपुरमा भएको सवारी दुर्घटनामा परेर २ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको लु ९२प ८३९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको रा ४ प ९४३७ नम्बरको स्कुटी ठोक्किदा तुलसीपुर–१७ निवासी मोतरसाइकल चालक १९ वर्षका प्रशान्त चौधरी र तुलसीपुर–१८ निवासी ३८ वर्षका स्कुटी चालक डिल्ली बस्नेत घाइते भएका हुन् ।
त्यसैगरी तुलसीपुर–१८ मनिकापुरमा भे ५ प ७६८० र रा ५ प १०८९ नम्बरको मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –१८ निवासी ४१ वर्षका मनपति चौधरी, सोही ठाउँ निवासी २३ वर्षका सन्तोष नेपाली र पछाडि सवार १९ वर्षका विशाल नेपाली रहेका छन् । त्यस्तै तुलसीपुरको हात्ती खौवामा रा ३ प २४०३ स्कुटर र रा ५ प ३०४० नम्बरको मोटरसाइकल ठोक्किदा १ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१० सुकौरा निवासी ४० वर्षका खिमबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । घाइते मध्य प्रशान्त चौधरी र डिल्ली बस्नेतलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लाग नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।


