दाङमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, June 11Nepali News Portal

दाङमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

    मा प्रकाशित

दाङ, १४ कार्तिक ।
दाङमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर २ सोमयथान मन्दिर अगाडि पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका छन् ।

लु ३ च ३८५३ पिकअप गाडीले राजपुर २, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई आज मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको थियो। पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक राजपुर —२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमा मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्