दोस्रो चरीङगे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने – Kanika Khabar
Sunday, May 12Nepali News Portal

दोस्रो चरीङगे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने

    मा प्रकाशित

दाङ, १७ कार्तिक ।
दाङको घोराही उपमहानगरपालीका वडा नं १ बुकामा यही कार्तिक २२ गतेदेखि दोस्रो चरिङगे कप सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । गत वर्षदेखि द युनाइटेड युथ क्लब बुकाले सेभेन चरिङगे कप ए साइड फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यसै अन्तर्गत दोस्रो प्रतियोगिताको रुपमा यही २२ गतेदेखि प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका सचिव रोशन महराले बताए । स्वास्थ्यका लागि खेलकुद, र घोराही १ बुकामा रहेको चरिङगे दहलाई स्थानीय स्तरमा परिचित गराउने उद्देश्यले विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो । मोफसलमा फुटवल खेललाई बचाईराख्न र नवप्रतिभावान् खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्य पनि रहेको द युनाइटेड क्लवका सचिव महराले बताए । सचिव महराले उक्त प्रतियोगितामा घोराही उपमहानगरपालिका भित्रका १९ ओटै वडाबाट प्रतियोगितामा भाग लिन पाउने जानकारी दिएका छन । उक्त प्रतियोगिताको विजेताले नगद रु १५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र पाउने क्लवका अध्यक्ष फनाधर पोख्रेलले जानकारी दिएका छन ।

प्रतियोगितामा भाग लिन यही १९ गते सम्म समुह दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शुल्क रु १५०० रहेको पनि क्लव सबैमा आह्वान गरेको छ । टिम दर्ता र थप जानकारीको लागि ९८०६२१८४४३ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्