नेकपाको स्थायी कमिटी बैठक सात दिनलाई स्थगित – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठक सात दिनलाई स्थगित

    मा प्रकाशित

कनिका खबर
असार २६, दाङ ।
आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ ।

बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

यसअघि २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्