मा प्रकाशित
चितवन, ६ मङ्सिर ।
चितवनमा बोराभित्र दुइवटा शव फेला परेकाे छ । जिल्लाकाे भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो। शव भाेराभित्र पोको पारेको अवस्थामा फेला परेकाे हाे ।
सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको प्रहरीले बताएकाे छ । प्रहरीका अनुसमर दुबै जनाको हात-खुट्टा बाँधिएकाे र मुखमा टेप समेत लगाइएको छ।


