पहिरोमा पुरिएर लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

पहिरोमा पुरिएर लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, लमजुङ
गए रातिको वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खाँचे घर भई हाल बेंसीसहर नगरपालिका ७ सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका वर्ष ३० का दीपक तामाङ, उहाँका श्रीमती २६ वर्षीया बिमाया तामाङ र उहाँका छोरा ९ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको डीएसपी गंगाबहादुरले थापाले बताउनुभएको छ । गए राती भीषण वर्षा सँगै बेंसीसहरको सातबिसे क्षेत्रमा राति पौने ११ बजेतिर पहिरो गएको प्रहरीले जनाएको छ । घरमा दीपकका आमाबुवा र छोरी बस्दै आए पनि हिजो राति भने उनीहरु आफन्तकोमा गएका थिए ।

घरदेखि करिब ६० मिटर माथिबाट पहिरो बग्दै गरेको थाहा पाएपछि घाइतेहरुले हारगुहार गरेका थिए । दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका थिए भने उनीहरु सामन्य उपचारपछि डिस्चार्ज भएका छन् । यसैबीच, पहिरोमा परि मृत्यु भएका मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिती लमजुङले राहत रकम सहयोग गरेको छ । पहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ती एक÷एक लाख गरी एकमुष्ठ ३ लाख राहत रकम सहयोग गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शुक्रबार मृतक दिपक तामाङका बुवा हर्कबहादुर तामाङलाई उक्त राहत रकम हस्तान्तरण गरेका हुन् । यस्तै हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर—चामे सडकको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहरदेखि चामेसम्म दर्जन बढी ठाउँमा पहिरो गएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्