कमलानदी छेउका वासिन्दालाई सर्तक रहन सिरहा प्रशासनको आग्रह – Kanika Khabar
Monday, July 14Nepali News Portal

कमलानदी छेउका वासिन्दालाई सर्तक रहन सिरहा प्रशासनको आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
असार २७, सिरहा
सिरहा प्रशासनले कमलानदी छेउका वासिन्दालाई सर्तक रहने आग्रह गरेको छ । लगातारको वर्षाले सिरहा र धनुषाको सीमा नदीको रुपमा बग्ने कमलानदीमा शुक्रवार साँझ पानीको सतह एक्कासी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले जरुरी सूचना निकालेर नदी छेउ लगायतका बस्तीलाई सचेत रहन आग्रह गरेको हो ।

नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले बताउनुभयो । उहाँका अनुसार हिजो दिँउसो ४ बजेदेखि कमलानदीमा जल सतह एक्कासी बढ्दै गएको छ । कमलानदीको तल्लो तटिय क्षेत्रमा बसोवास गर्नेहरूलाई डुवानको खतरा बढ्दै गएकोले सर्तकता अपनाउन भनिएको कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्