कर्णाली राजमार्गमा पहिरो – Kanika Khabar
Friday, April 26Nepali News Portal

कर्णाली राजमार्गमा पहिरो

    मा प्रकाशित

कनिका खबर
असार २७, जुम्ला ।
कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि दर्जनौं सवारीसाधन अलपत्र परेका छन् । तिला गाउँपालिका १ राराको गाडगुडेनी खण्डमा पहिरो जाँदा आज बिहानैदेखि सवारीसाधन अलपत्र परेका हुन् । झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन् ।
दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स समेत सडकमै रोकिएका छन् । सडक माथिबाट ठुलाठुला चट्टान सडकमा खसेकोले पन्छाउन सकस भइरहेको छ ।
सडक डिभिजन कार्यालयको जेसिभी सिँजा खण्डमा भएकोले तत्कालका लागि पहिरो पन्छाउन मान्छे परिचालन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्