राप्ती बबई क्याम्पस परिसरमा वृक्षारोपण – Kanika Khabar
Thursday, June 12Nepali News Portal

राप्ती बबई क्याम्पस परिसरमा वृक्षारोपण

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।

तुलसीपुरमा कार्यरत पाचवटा सामाजिक सघं सस्थाहरुले राप्ती बबई क्याम्पसको परिसरमा शनिबार वृक्षारोपण गरेका छन् ।

वातावरणलाई संरक्षण गर्दै तुलसीपुर क्षेत्रलाई हराभरा बनाउने उदेश्यले बिभिन्न जातका बिरुवा रोपीएकोहो । रोटरि क्लब अफ तुलसिसीपुर सिटि,लायन्स क्लब अफ दाङ,लियो क्लब अफ दाङ,,रोट्रयाक्ट क्लब अफ तुलसिपुर र लायन्स क्लब दाङ त्रिसिद्देश्वरि(महिला )क्लबले राप्ती बबई क्याम्पसको प्रागनमा एक सय बढि बिरुवाहरु रोपिएको रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् ।

हमालको अध्यक्षता एव रोटरी ईन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालको प्रमुख आतित्थ्यतामा भएको बृक्षारोपन कार्यक्रमको बोल्ने बक्ताहरुले सामाजिक सस्थाहरुको सक्रियता र एकताले नै समाज रुपान्तरण गर्न सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ३२५ बिटु नेपालका प्रमुख सल्लाहकार बिनोद कुमार श्रेष्ठ,तुलसीपुर उद्योग वाणिज्य संघका महासचिब रुपबदाहुर खत्री ,क्याम्पस प्रमुख युवराज रावत,लायन्स क्लब दाङ त्रिसिद्देश्वरिकि अध्यक्ष यमुना शाह,रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष प्रमिस लामिछाने, लियो क्लब अफ दाङका अध्यक्ष सन्तोष केसी लगाएतले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा रोटरि क्लब अफ तुललिपुर सिटिका पुर्ब अध्यक्षहरु अनुप कुमार श्रेष्ठ,सरसफाई अभियान्ता बिमल रिजाल,बिजय केसी,बिरु रावत,ललित बहादुर घर्ती ,र तुफानबाबु श्रेष्ठ, लायन्स क्लब अफ दाङका पुर्ब अध्यक्षहरु ललित जगं शाह,टेकन प्रसाद कडेल,उमेश मजगैया निबर्तमान अध्यक्ष यज्ञबहादुर केसीले मन्तब्य राखेका थिए ।

रोट्रयाक्ट क्लब अफ तुलसीपुरका निबर्तमान अध्यक्ष नबिन राईको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब देबेन्द्र केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्