सर्वोत्तम बहुउद्देश्यीय सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सर्वोत्तम बहुउद्देश्यीय सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न

    मा प्रकाशित

दाङ, मंसिर २८ । सर्वोत्तम बहुृद्देश्यीय सहकारी संस्था दाङको नवौं बार्षिक साधारणसभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षता एंव सहकारी बिकास बोर्ड लुम्विनी प्रदेशका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलकोे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले सहकारीको लक्ष्य र उद्देश्य अनुसार देशभर नै सहकारी अभियान चल्न नसकेको बताउनुभयो ।
राज्यका तीन वटै सरकारले सहकारीको प्रभावकारी नियमिन र सहयोग गर्न नसक्दा सहकारी अभियान सोचे अनुसार अघी नबढेको उहाँको भनाई थियो । केन्द्रमा सहकारी दर्ता गर्ने र देशभर कार्यक्षेत्र दिने राज्यकै कारण अहिले सहकारी संस्थामा समस्या देखिएको कार्यकारी उपाध्यक्ष पोख्रेलले बताउनुभयो । सहकारी सदस्यहरुको श्रोत, बुद्धि, सदस्यको ब्यावसाय र सदस्यको उत्पादनले चल्ने सहकारी अभियान चल्नुपर्ने भन्दै उहाले सहकारीले सहकारीलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । सहकारीलाई सफल नभई असल बनाउनेतर्फ लाग्नुपर्छ भन्दै पोख्रेलले अव सहकारीलाई ब्यावसाय, प्रविधि, सेवा र सेवा गुणस्तर बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमले सर्वोत्तम सहकारीले सहकारीका सवै सूचकको पालना गर्दै युवाहरुलाई समेटेर अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । देशको आर्थिक अवस्था नाजुक रहेको समयमा पनि सर्वोत्तम सहकारीले नविनतम योजना र उत्पादनमुखी काममा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश गृह मन्त्रालय सहकारी शाखा प्रमुख कालिदाश बस्याले स्वाभिमानी र सक्षम समाज निर्णाणका लागि सहकारी अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थालाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू र आफ्नो मन्त्रालय तयार रहेको बताउनुभयो ।
बहुउद्देश्यीय सहकारी संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद गौतम, सहकारी तथा रोजगार प्रवद्र्धन शाखा घोराही उपमहानगरपालिकाका प्रमुख प्रेम केसी, नेपाल पत्रकार महासंघ दाङका निर्वमान अध्यक्ष सविन प्रियासन, संस्थाका सल्लाहकार कृष्णप्रसाद शर्मा, राष्टिय सहकारी बैक लिमिटेड घोराहीका प्रमुख डिल्लिराज दाहाल, भानबहादुर खड्का लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा नियमित रुपमा बचत गर्ने शारदा रिजाल पौडेल, असल ऋण कारोबार गर्ने टेकबहादुर राम्जाली र सहकारी बजारबाट उत्कृष्ट कारोबार गर्ने भानबहादुर खड्कालाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी बजारमा उत्कृष्ट कारोबार गर्ने १० जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव हेमराज शर्माले बार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष गुरुप्रसाद खनालले आर्थिक प्रतिवेदन,लेखा सुपरीवेक्षण उपसमितिका संयोजक खिमराज खनालले लेखा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव हेमराज शर्माले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्