असार महिनामा ९६ अर्ब राजश्व सङ्कलन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

असार महिनामा ९६ अर्ब राजश्व सङ्कलन

    मा प्रकाशित

कनिका खबर
असार २९, काठमाडौँ ।
असारमा राजश्व सङ्कलन बढेको छ । करिब तीन महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकैपटक तिरेपछि राजश्व संकलन बढेको हो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजश्व सङ्कलन उल्लेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षको असार एकदेखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको थियो । तर, यो आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ सङ्कलन भएको छ । आर्थिक वर्ष सकिन दुई दिन बाँकी छ । २७ गतेसम्मको राजश्व सङ्कलनको अवस्था हेर्दा यो आर्थिक वर्षमा पोहोरकै हाराहारीमा राजश्व उठ्ने अनुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्