इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको रोमाञ्चक जित – Kanika Khabar
Friday, May 23Nepali News Portal

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको रोमाञ्चक जित

    मा प्रकाशित

एजेन्सी
असार २९, दाङ ।
इग्लिस प्रिमियर लिगमा टोटनह्यामले आर्सनललाई २–१ ले हराएको छ । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा आर्सनलले सुरुवाती अग्रता जोगाउन सकेन । खेलको १६ औ मिनेटमा एलेजान्देर लाकाजेटिले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाउनुभयो । तर आर्सनलको सो अग्रता धेरै समय टिक्न सकेन । १९ औ मिनेटमा सन ह्युङ मिङले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।
पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टिमले केहि राम्रो मौका खेर फाले । तर ८१ औ मिनेटमा घरेलु टोलीले खेलमा अग्रता बनायो । यो जितपछि टोटनह्यामले ५२ अङ्क बनाउदै आठौं स्थानमा पुगेको छ । आर्सनल ५० अङ्कका साथ टोटनह्याम भन्दा पछि परेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्