स्पेनिस ला लिगामा एथ्लेटिक क्लब विजयी – Kanika Khabar
Sunday, April 20Nepali News Portal

स्पेनिस ला लिगामा एथ्लेटिक क्लब विजयी

    मा प्रकाशित

कनिका खबर
असार २९, दाङ ।
स्पेनिस ला लिगामा एथ्लेटिक क्लबले लेभान्टेलाई २–१ ले हराएको छ । आइतबार भएको खेलमा एथ्लेटिक क्लबको जितमा राउल गार्सियाले २ गोल गरेका थिए । खेलको चौथो मिनेटमा राउल गार्सियाले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाए । त्यसपछि ४५ औ मिनेटमा फेरि गार्सियाकै गोलमा एथ्लेटिकले अन्तर २–० मा पुर्यायो । त्यसपछि ७१ औ मिनेटमा इनिस भार्डीले गोल गर्दै अन्तर कम गरे । जितसँगै एथ्लेटिक क्लबले ३६ खेलमा ५१ अङ्क बनाउदै नवौं स्थानमा पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्