थपिदै दाङ एक्सपाेमा राैनक – Kanika Khabar
Thursday, May 2Nepali News Portal

थपिदै दाङ एक्सपाेमा राैनक

    मा प्रकाशित

दाङ । बढ्दै दाङ एक्सपाेमा लोकदोहोरी गायिका ज्योति मगरले घोराही–१५ झिगौरामा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोको शनिबारको दिन दर्शकहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेकी छिन । शनिबारको अपराह्न्नसम्म ज्योति मगरले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेकी हुन ।

अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे । सटिक र व्यंग्यात्मक भनाई राख्दै आफ्नो प्रस्तुती देखाएकी उनले दर्शकको वाहवाह पाएकी छिन् । झण्डै आधा दर्जन गीतहरु मार्फत पौने घण्टा प्रस्तुती राखेकी मगरको प्रस्तुतीले झण्डै ६ बजे सम्म दर्शकहरुले एक्सपोमा सहभागी दर्शकहरु महोत्सव स्थलमा रहेका थिए ।

यस्तै, गायक गोपाल नेपाल जिएमको गीतमा युवायुवती छमछमी नाच्दै रमाईलो गरेका थिए । एक्सपोमा दिनहुँ जसो दर्शकको घुइँचो बढ्दै गएको देखिन्छ ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो सञ्चालन गरिएको हो । स्थानीय उत्पादनले बजार नपाइरहेको वर्तमान सन्दर्भमा यस्ता मेला महोत्सवले उत्पादित वस्तुको बजारीकरणमा योगदान पु¥याएको अध्यक्ष विकास अग्रवालले बताए ।

त्यस्तै आज कृष्ण रेउले, रचना रिमाल लगायतकाे प्रस्तुति रहने छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्