पहिचानका लागि खेलकुद : नगर प्रमुख खड्का – Kanika Khabar
Saturday, May 18Nepali News Portal

पहिचानका लागि खेलकुद : नगर प्रमुख खड्का

    मा प्रकाशित

No description available.दाङ, ४ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पहिचानका लागि खेलकुद आवश्यक रहेको बताउनुभएको छ । प्याब्सन तुलसीपुर नगर कमिटीले आयोजना गरेको आधारभूत विद्यालयस्तरीय प्रतियोगिताको बेलझुण्डी रङ्गशालामा आयोजना गरिएको कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख खड्काले स्वास्थ्यका लागि,राष्ट्रका लागिका साथै पहिचानका लागि खेलकुद रहेको बचाउनुभयो । उहाँले खेल क्षेत्रले विद्यार्थीमा अनुशासित तुल्याउने बताउनुभयो ।

प्याब्सन नगर समितिका अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता एवम् नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरी, नगर प्रवक्ता माधव वली लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा फुटबल र एथलेटिक्सतर्फका खेलहरू समावेश गरिएका छन् । २८ वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ । उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विष्णु योगीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्