एकपटक कोरोना भएकालाई फेरि पनि हुन सक्ने वैज्ञानिकको चेतावनी – Kanika Khabar
Monday, December 8Nepali News Portal

एकपटक कोरोना भएकालाई फेरि पनि हुन सक्ने वैज्ञानिकको चेतावनी

    मा प्रकाशित

कनिका संवाददाता
असार २९,काठमाडौं

वैज्ञानिकले कोरोना सङ्क्रमणपछि निको भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता हराएर जान सक्ने भन्दै चेतावनी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणपछि निको हुने व्यक्तिमा केहि महिनापछि रोग प्रतिरोधात्मक क्षमता हराउने र उनीहरुमा दोहो¥याएर कोरोना सङ्क्रमण हुन सक्ने वैज्ञानिकले बताएका हुन् । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना सङ्क्रमणपछि निको भएका ९० जनामा रोग प्रतिरोधात्मक क्षमता हराएर गएको उल्लेख गरिएको छ । यसअघि स्पेन र इटलीमा पनि यो अध्ययन गरिएको थियो । द गार्जियनमा प्रकाशित अध्ययन अनुसार कोरोना सङ्क्रमणपछि निको भएका ९० जनामा तीन हप्तापछि शरीरमा भएको एन्टीबडि कम हुन थालेको र दोहो¥याएर कोरोना सङ्क्रमण देखिएको हो । अध्ययनका प्रमुख लेखक एवं किंग्स कलेज लण्डनका डाक्टर केटी डूर्सले कोरोनालाई जितेका व्यक्तिहरु लामो समयसम्म अस्वस्थ रहने र उनीहरु पटक पटक कोरोनाका कारण सङ्क्रमित भइरहने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्