गीतकार अधिकारी अन्तर्राष्ट्रिय अवार्डमा मनोनयन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गीतकार अधिकारी अन्तर्राष्ट्रिय अवार्डमा मनोनयन

    मा प्रकाशित

काठमाडौं । नेपालका प्रसिद्ध गीतकार लोकराज अधिकारी एटलान्टामा हुने एक अन्तर्राष्ट्रिय अवार्डमा मनोनयन भएका छन् ।
इन्टरनेसनल सिंगर सङ्ग राइटर्स एसोसियसनको आयोजनामा हुन लागेको अवार्डको छैटौं संस्करणमा गीतकार अधिकारी अन्तर्राष्ट्रिय गीतकार पुरुष विधामा मनोनयन भएका हुन् ।
अधिकारीको शब्द अर्जुन पोख्रेलको संगीत प्रताप दास र शान्ता जिसिको स्वर रहेको यो बर्ष सार्बजनिक भएको यस्तो भा छ मलाई त बोलको गीत मार्फत उनी मनोनयनमा परेका हुन ।
आयोजकले आज अवार्डको दोश्रो चरणको विभिन्न बिधाको थप ८ जनाको आधिकारिक मनोनयन सार्बजनिक गरेको हो । आयोजक सस्थाकी सस्थापक Tamanie Dove ले मनोनयनमा परेकाहरुको भिडियो फुटेज सार्बजनिक गर्दै अवार्डको भोटिङ आगामी अप्रिलमा खुल्ला हुने जानकारी दिएकी छन । अवार्डको अन्तिम नतिजा भने आगामी अगस्टमा २४ मा सार्वजनिक हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्