अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीब्र – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीब्र

    मा प्रकाशित

अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक महोत्सवको तयारी तीब्र, विभिन्न समिति विस्तारहिमाल महरा
दाङ।

एभरेस्ट नेपाल कल्चर ग्रुप काठमाडौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनमा फागुन १८ देखि २१ गतेसम्म घोराहीको कृषि सामग्री केन्द्रमा हुने बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको आयोजक जिल्ला उद्योग वाणिज्य संघले तयारी तीब्रता दिएको छ ।

अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवलाई सफल बनाउनका लागि मुल आयोजक समिति तथा विभिन्न उपसमितिको विस्तार गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको संयोजकमा रहेको मुल आयोजक समितिको विस्तार गरिएको छ । जसमा घोराहीको सम्पूर्ण वडा अध्यक्षहरु, दाङका सम्पूर्ण उद्योग वाणिज्य संघ, वस्तुगत समितिका अध्यक्ष, दाङका क्रियाशील संस्था, समाजसेवी रहने गरी २६३ सदस्यीय मुल आयोजक समिति रहेको छ । त्यसैगरी राजनीतिक दलका प्रमुख , दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, दाङका सबै पालिका प्रमुखको सल्लाहकार समिति समेत बनेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य युवराज पोख्रेलको संयोजका दाङका सम्पूर्ण मिडियाका प्रतिनिधि रहने गरी प्रचारप्रसार समितिको पनि विस्तार गरेको छ ।

नेपाल सहित भारत, जर्मन, अस्ट्रेलिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेसिया, पेरु, पोल्यान्ढ, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक प्रस्तुति हुने महोत्सवमा १८ गते दाङ झल्किने झाक्री, भेषभुषासहित घोराही परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुने छ भन्ने १९ र २० गते राष्ट्रियस्तरमा चर्चित कलाकार सहित स्थानीय कलाकारको प्रस्तुति रहेन छ भने २१ गते सोमबार नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहने छ ।

उक्त महोत्सवको टिकटको मुल्य निधारण पनि गरिएको छ १८ गते निशुल्क प्रवेश तथा १९र २० गते रु एक सय टिकट शुल्क लाग्ने छ भन्ने २१ गते सोमबार नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति हुने दिन भिआईपी टिकट रु पाँच सय तथा नर्मल टिकट रु एक सय रहेको तथा जेष्ठ नागरिकलाई प्रवेश निशुल्क रहेको मुल आयोजक समितिका संयोजक वसन्त जोशीले जानकारी दिनु भयो ।

महोत्सवले अन्तराष्ट्रिय संस्कृतिलाई एकै स्थानबाट दृश्यावलोकन गर्न सकिनुका साथै विश्व संस्कृतिलाई बुझन मद्दत पु¥याउन महासचिव महेन्द्र बुढाथोकीले बताए ।

दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरु पनि प्रस्तुत हुनुका साथै उक्त महोत्सवाट यस क्षेत्रको पर्यटन तथा व्यवासायिक क्षेत्रमा टेवा पुग्नुका साथै दाङ जिल्ला सहित देशकै लोक तथा मौलिक कला विश्व सामु उजागर हुने भन्दै यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासीलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने उद्योग वाणिज्य संघका सचिव विकास वलीले बताउनुभयो ।

May be an image of 10 people and dirndl

वलीको अनुसार स्थानीय उत्पादन, लघु तथा घरेलु उधम तथा स्थानीय श्रोत साधनमा आधारित उत्पादन सामग्री रहेन तथा दाङ जिल्लामा पाइने नेवारी , थारु तथा मगरको परिकारहरु समेत रहेन जानकारी दिनुभयो।

यो महोत्सव मुनाफा रहेको भन्दै स्थानीय तथा देशको मौलिक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित गराउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवलाई सफल बनाउन सम्पूर्ण दाङवासी लाग्न आयोजनाले आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्