देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फागुन १९ गते लमहीमा हुँदै – Kanika Khabar
Sunday, April 28Nepali News Portal

देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फागुन १९ गते लमहीमा हुँदै

    मा प्रकाशित

देउखुरी  । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा यही फागुन १९ गते शनिबार लमहीमा हुन लागेको छ । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि-टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच को यही फागुन १९ गते शनिबार लमहीको सार्वजनिक बगैँचामा एक भब्य कार्यक्रमका बीच समापन हुन लागेको हो ।

पहिलो चरणको कार्यक्रममा दुई सय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यस मध्ये दोस्रो चरणको लागि एक सय बीस जना छनोट भई फाइनलमा पन्ध्र जना प्रतियोगीहरु प्रवेश गरेको डि-टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिए । कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह, आरके मौर्या र सबिना ठकुरी रहने छन् ।

फाइनल कार्यक्रम चर्चित पप गायिक एञ्जिला रेग्मी आउने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क एक सय रुपैँया कायम गरिएको डि-टु कला केन्द्रका निर्देशक बर्माले जानकारी दिए । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने बर्माले बताए । फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद पचाँस हजार, दितीय प्रतियोगीलाई नगद तीस हजार र तृतिय प्रतियोगीलाई नगद बीस हजार पुस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्