अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी तीव्र

    मा प्रकाशित

घोराही, १५ फागुन ।
यही फागुन १८ गतेदेखि घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
महोत्सवका लागि गठन भएका विभिन्न समिति उपसमितिहरुले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिए । महोत्सवका लागि नेपाल सरकारको संघ, प्रदेश, स्थानीय तह, जिल्लाका उद्योग वाणिज्य संघ, विभिन्न निकायहरु, संघसंस्थाहरुसँग समन्वय सहकार्य भईरहेको छ । महोत्सव प्रचारप्रसारका लागि पत्राचार, पर्चा पम्प्लेट वितरण, माईकिङ लगायतका कामहरु तीव्र रुपमा भईरहेको मूल समिति जोशीले जानकारी दिए ।
महोत्सवक सञ्चालन हुने घोराहीको कृषि सामग्री केन्द्रको प्राङ्गण (जिल्ला अदालतको पश्चिमतर्फ) मा भौतिक निर्माणको काम भईरहेको, दाङ आउने कलाकारहरुलाई स्वागतसँगै आवास भोजनका लागि घोराहीमा रहेका होटलहरुसँग छलफल गरी नेपाली रहनसहन अनुसार सेवा प्रवाह गर्ने विषयमा छलफल गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।
दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लावासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाल सहित १३ देशका ३ सय बढी कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवको अघिल्लो दिन फागुन १८ गते स्थानीय झाँकी सहित शोभायात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । यस्तै फागुन २१ गते नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।
१२औँ अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा प्रवेशका लागि एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघी वि.स २०६८ मा अन्तराष्ट्रिय लोकसांस्कृति महोत्सव आयोजना गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्