तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस – Kanika Khabar
Sunday, April 28Nepali News Portal

तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस

    मा प्रकाशित

दाङ, २८ फागुन ।
सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेकाे छ । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

सिंहदरबारमा आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट , मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताइन् ।

उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढङ्गले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्