विश्वभर १ करोड ३२ लाख ४२ हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विश्वभर १ करोड ३२ लाख ४२ हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित

    मा प्रकाशित

कनिका डेस्क
असार ३०, दाङ

कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर १ करोड ३२ लाख ४२ हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् । विश्वभरि नै कोरोना सङ्क्रमणका कारण ५ लाख ७५ हजार ६ सय ६३ मानिसको मृत्यु भएको छ । यसैगरि हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ७७ लाख ९ हजार मानिसहरु भने उपचारपछि स्वस्थ भएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ३४ लाख ७९ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने विश्वभर मृत्यु भएकामध्ये अमेरिकामा मात्रै १ लाख ३८ हजार २ सय ४७ जनाको मृत्यु भएको छ ।

विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा भने १८ लाख ८७ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् भने हालसम्म ७२ हजार ९ सय २१ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्