बालबालिकालाई स्टेसनरीका सामान हस्तान्तरण – Kanika Khabar
Sunday, April 28Nepali News Portal

बालबालिकालाई स्टेसनरीका सामान हस्तान्तरण

    मा प्रकाशित

दाङ– सवारी दुर्घटनामा ज्यान गुमाएका लमही नगरपालिका –७ कमानपुर निवासी विष्णु बहादुर थापाका ८ वर्षिया छोरी रोजिका र ५ वर्षिय छोरा विपिन थापालाई स्टेसनरीका सामान हस्तान्तरण गरिएको छ ।
लमही बजारका पुस्तक व्यवसायीद्वारा उपलब्ध गराइएको ती सामाग्री बुधबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मृतक थापाको घरमै पुगेर प्रदान गर्नु भएको हो । “नगरपालिका भित्र हुने कुनै पनि घटना अथवा कार्यक्रमहरुमा सहयोग प्रदान गर्दा नगरपालिका मार्फत एकद्वार प्रणालीमा वितरण गर्ने भन्ने छ सोही अनुरुप व्यवसायीबाट उपलब्ध भएका सामाग्री प्रदान गरेका हौ”–उपप्रमुख योगीले भन्नूभयो । ति नानीबाबुलाई कापी कलम देखि लिएर उनीहरुलाई निशुल्क उच्च शिक्षा अध्ययन गर्नका लागि समेत नगरपालिकाले पहल थालेको छ, आगामी नयाँ शैक्षिकसत्रमा उनीहरुलाई विद्यालयमा भर्ना गरिने छ’– उपप्रमुख योगीले भन्नु भयो ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालद्वारा दुईवटा झोला, एरिका पुस्तक पसल, देउखुरी पुस्तक पसल, सत्यसाई बुक्स, रावल पुस्तक पसल र शारदा पुस्तकबाट ती दुई बालबालिकालाई एक वर्षसम्म पुग्ने गरि चार हजार नौ सय रुपैयाँ बराबरको कापी, पेन्सिल, कटर र इरेजर उपलब्ध भएको थियो ।
मृतक थापा लमही नगरपालिका –७ कमानपुर निवासी विष्णु बहादुर थापाको गत फागुन २५ गते लमहीबाट कमानपुरतर्फ जाँदै गर्दा लमहीको अर्जुनखोलामा स्कार्पियोले ठक्कर दिंदा गम्भिर घाईते हुनु भएको तियो । दुर्घटनामा गम्भिर घाईते भएका थापाको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्