नेपाली काङ्ग्रेस लमही ४ को वडा सम्मेलन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपाली काङ्ग्रेस लमही ४ को वडा सम्मेलन

    मा प्रकाशित

टेकबहादुर पुन

देउखुरी । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ४ को वडा सम्मेलन सम्पन्न भएको छ ।

नेपाली कँग्रेस ४ नम्बर वडा समितीको आयोजनामा वडा सम्मेलन सँगै दोस्रो चरणको ‘समुदायमा काँग्रेस’ अभियानको समापन गरिएको हो ।
वडा सभापती मनिराम चौधरीको सभापतित्व एबम् नेपाली काँग्रेस महासमिती सदस्य तथा जिल्ला प्रतिनिधी मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले वडाबासीको सहयोगमा दत्तचित्त भएर लाग्न अनुरोध गरे । पार्टीको जग भनेकै इकाई समिती रहेको भन्दै उनले हरेक तवरमा स्थानियबासीको सहयोगमा जुट्नुपर्ने र जसले गर्दा सँगठन बलियो हुने बताए । माओबादीले सरकारको गठबन्धनमा धोका दिएर प्रतिपक्षमा बस्नुपरेको र त्यसतर्फ चिन्तित नभई सँगठन बिस्तारमा एकढिक्का भएर लाग्न अनुरोध गरे ।

लमही नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष समेत रहेका गिरीले नदिजन्य पदार्थको निकासीको समस्याप्रती धारणा राख्दै कार्यपालिका बैठकमा सबैलाई सहज हुनेगरी ठेली प्रयोगमा लिएर नदिजन्य पदार्थ निकासी गर्नुपर्ने निर्णय गरेपनि कार्यान्वयनमा आउन नसक्दा नगरबासीले दुख पाएको बताए । उनले उपभोक्ताले नदिजन्य पदार्थ प्रयोग गर्न पाउनुपर्ने र त्यसको लागि आफू लागिपरेको बताए ।
नेपाली काँग्रेस ४ नम्बर उपसभापती वसन्त न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रिय प्रतिनिधि तथा वडा सदस्य उमाकान्त चौधरी, प्रदेश १ ख का सदस्य हल्लु प्रसाद चौधरी, प्रदेश १ ख का सचिब मँगल प्रसाद चौधरी लगायतले सँगठन निर्माण तथा सहयोग सहकार्यमा काँग्रेसी नेता तथा कार्यकर्ता अग्रसर हुनुपर्ने बताएका थिए ।

कार्यक्रमको सँचालन वडासचिब भोजराज चौधरीले गरेका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्