सम्मेलनको तयारी पूरा – Kanika Khabar
Sunday, April 28Nepali News Portal

सम्मेलनको तयारी पूरा

    मा प्रकाशित

दाङ, १६ चैत ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र न २ (क) को दोस्रो सम्मेलनमाको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलनलाई नेपाली काङ्ग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् लुम्बिनी प्रदेश स्वास्थ मन्त्री राजु खनाल लगायतका नेताहरुले सम्बोधन गर्ने क्षेत्र न २ (क) सभापति प्रकाश श्रेष्ठले जानकारी दिए ।
यश प्रदेश भित्र पर्ने १५ वटा वडा र घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकाको सम्मेलन सम्पन्न भइसकेको छ ।

भोलि शनिबार घोराहीको पौवा होटेल हुने सम्मेलनमा सहभागी हुनका लागि सम्पूर्ण नेपाली काङ्ग्रेसका नेता कार्यकता, भातृ तथा शुभेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्