एसएलसी ब्याच २०५३ द्वारा सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना – Kanika Khabar
Friday, May 3Nepali News Portal

एसएलसी ब्याच २०५३ द्वारा सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना

    मा प्रकाशित

दाङ, १९ चैत ।

दाङकाे नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्‍याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् ।

कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीले एसएलसी २०५३ ब्याचले उदाहरणीय तथा महत्त्वपूर्ण काम गरेकाे बताए । सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकतामा राखेर गरिएको यस्ताे कार्यले सकारात्मक सन्देश दिएकाे अध्यक्ष डाँगीले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक उत्तम खनाल २०५३ ब्याचले उदाहरणीय कार्य गरेकाे बताए । हरेक ब्याचले यस्तै उदाहरणीय कार्य हरेक विद्यालयमा गरेमा कुनै विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपर्ने प्रधानाध्यापक खनालले बताए ।

कार्यक्रमकाे विशिष्ट अतिथि तथा विद्यालय विकास तथा परामर्श समितिका सदस्य बिनिता गुरूङ थापाले अक्षयकोष स्थमपना सामाजिक कार्यकाे एक उदाहरणीय कार्य रहेकाे बताइन् ।

कक्षा पाँच उत्तीर्ण गरेकाे गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिने छ । अक्षयकोष तथा छात्रवृत्तिका बारेमा २०५३ ब्याचका आदिम केसीले प्रकाश पारेका थिए । अक्षयकोष स्थापना कार्यक्रममा २०५३ ब्याचका ४२ जना विद्यार्थीकाे सहभागिता रहेकाे छ ।

२०५३ ब्याचका विद्यार्थी केशवा खनालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे सहजीकरण २०५३ ब्याचका विद्यार्थी थम्मन बस्नेतले गरेका थिए ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्