बुढ्यौली उमेरको साहरा ‘माहुरी’ – Kanika Khabar
Thursday, May 2Nepali News Portal

बुढ्यौली उमेरको साहरा ‘माहुरी’

    मा प्रकाशित

टेकबहादुर पुन

देउखुरी, २३ चैत ।
बुढ्यौली छ उमेर । बाहिर भित्र गर्नपनि धौधौ छ । अलिकती बढी हिँड्यो कि दम बढिहाल्छ । तर युवाबस्था जस्तै काम गर्ने हुटहुटी छ उनमा ।

सरकारले दिने बृद्धभत्ता २/४ हजार न हो । त्यसले मात्रै सबै आवश्यकता पूर्ती गर्न गाह्रो नै हुँदो हो । एकाथरी काम गर्नुको बाध्यता पनि छ उनिमा । साहरा बन्नुपर्ने छोराहरु अलग भएपछि बुढेसकालमा पनि उनलाई बाध्यता आईलाग्यो । भएका २ छोरा पनि बिबाह गरेर अलग भान्सा गर्न थाले । ४ छोरीहरु सबै घरगृहस्थीमा छन् ।

शेरबहादुरका ९७ वर्षिय आमा आफैसँग छन तर उनका छोराहरु उनीसँग छैनन् । परिस्थितीले बृद्ध आमा र श्रीमतीको लागि बुढेसकालमा पनि उनलाई थप जिम्वेवार बन्नुपर्ने अबस्था आईलाग्यो ।
फलत: उनको परिवारको साहरा ‘माहुरी’ बन्न पुग्यो । उमेरले ७६ बर्ष पुगेका लमही-७ बन्गैँका शेरबहादुर बुढा बिहानैदेखि माहुरीको हेरचाहमा ब्यस्त हुन्छन । मह निकाल्ने, घार सफागर्ने, माहुरीको आहरा चिनी राख्दिने गर्दैमा उनको दिनचर्या चल्छ । माहुरीलाई उनले आफ्नै घरको सदस्य सम्झिन्छन ।

‘माहुरीले साह्रै मेहनत गरेर रस भर्छ है बुवा? भन्ने प्रश्नमा उनले भने-खासमा मान्छे पापी हुन्छ के, तर माहुरीले मेरो परिवार पालेको छ, त्यसैले त माहुरी मेरो परिवारको एक अंश हो नि ।’
शेरबहादुरको परिवार खानेदेखि लगाउने, औषधी उपचार सबै माहुरीमै भर परेको छ ।
गरुङ्गो काम गर्न नसक्ने शेरबहादुरले कम मेहनत लाग्ने माहुरी व्यवसायीमा लागेको बताउछन । ‘बुढोपनि भईयो, गरुङ्गो काम गर्न सकिँदैन, दम बढिहाल्छ उनले भने-आमा श्रीमती र मेरो लागि खान पर्यो, लाउन पर्यो, उपचार त छँदैछ, सबै माहुरीबाटै जीविका चलेको छ ।’

शेर बहादुर सँग अहिले ५० ओटा आफ्नै माहुरी घार छन । त्यो घार ५ ओटाबाट बढेर ५० मा पुगेको हो । २०७४ सालमा माहुरी पाल्ने शोकमा रहेका शेरबहादुर लाई कृषि बिकास कार्यालय घोराहीले ५ ओटा घार अनुदानमा दिएको थियो । त्यसबाट बिस्तारै बढाउँदै ५० ओटा घार पुर्याएका छन । शेरबहादुरले बार्षिक सरदरमा दुईपटक मह निकाल्छन । उनले सरदरमै उत्पादन भएको ५ सय किलो मह वार्षिकरुपमा २ लाख ५० हजार बढी रुपैयामा बेच्दै आएको बताए । स्थानिय स्तरमा बेच्ने र बचेको मह घोराही डिलरलाई दिँदै आएकोले कहाँ बेच्नु भन्ने चिन्तापनि छैन उनलाई ।

सुरुमा घार थोरै हुँदा उत्पादनपनि कम हुने र पारिवारिक खर्चमा हम्मेहम्मे पर्ने गरेको शेरबहादुर बताउँछन । ‘सुरुमा त खर्च धान्न गाह्रो भयो, घार पनि थोरै थिए, बिस्तारै घार बढाए शेरबहादुरले भने- अबभने आम्दानी ठिकै छ, बर्सेनि केही रकम बचाउन पनि सकिएको छ ।’
आम्दानीको गतिलो स्रोत माहुरी बनेपछी शेरबहादुरको परिवारलाई अरुको भरपर्न परेको छैन । यसरी नै माहुरी र मह शेरबहादुरको साहरा बन्दै परिवारलाई खुसी छरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्