१० वर्षमा ६ लाख बढी विद्यार्थी ‘ड्रप आउट’ – Kanika Khabar
Thursday, May 2Nepali News Portal

१० वर्षमा ६ लाख बढी विद्यार्थी ‘ड्रप आउट’

    मा प्रकाशित

काठमाडौँ, २३ चैत ।
नेपालमा १० वर्षमा ६ लाख ३५ हजार ३ सय ३७ जना विद्यार्थी ड्रप आउट भएका छन् । आज शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तथ्याङ्क सार्वजनिक गर्दै १० वर्षभित्रमा ६ लाख ३५ हजार ३ सय ३७ जना विद्यार्थी ड्रप आउट भएको जानकारी दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिने प्रगति विवरण सार्वजनिक गर्दै कक्षा १ मा भर्ना भएको विद्यार्थी कक्षा १० सम्ममा पुग्दाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक तथ्याङ्कमा २०७१ सालमा कक्षा १ मा ११ लाख ३६ हजार ४३३ विद्यार्थी भर्ना भएका र २०८० मा आउँदा ५ लाख १ हजार ९६ विद्यार्थी कक्षा १० मा भर्ना भएको देखिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्