मरिण गाउँपालिकामा गाई फार्म सञ्चालनमा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मरिण गाउँपालिकामा गाई फार्म सञ्चालनमा

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, सिन्धुली

सिन्धुलीको मरिण गाउँपालिकामा गाई फार्म सञ्चालनमा आएको छ । मरिण गाउँपालिका वडा नं. ७ जयमंगलमा हिजो गाउँपालिका अध्यक्ष पानीराज बम्जनले फार्मको उद्घाटन गर्नुभयो । मरिण गाउँपालिकाको ३० लाख आर्थिक सहयोगमा वडा नं. ७ मा रहेको कपिलाकोट साना किसान कृषि सहकारी संस्थाले गाई फर्म सञ्चालनमा ल्याएको हो । फार्म सञ्चालनका लागि सहकारीले होल्यान्ड जातको १४ वटा दूध दिने गाई र २ वटा बाच्छी खरिद गरी ल्याएको मरिण गाउँपालिका अध्यक्ष बम्जनले जानकारी दिनुभयो । मरिण गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई फार्म सञ्चालनका लागि गाउँपालिकाको सात वटा वडालाई आर्थिक बर्ष २०७६÷०७७ मा ३० लाखका दरले बजेट बिनियोजन भएको थियो । सोही कार्यक्रम अन्र्तगत वडा नं. ७ मा गाई फर्म सञ्चालनमा आएको हो । अरू वडाहरुमा भने यो कार्यक्रम यो आर्थिक बर्षमा सम्पन्न हुन सकेको छैन । कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लगाईएको लकडाउनका कारण अरु वडाहरुमा गाई फार्म सञ्चालन गर्ने योजना पूरा हुन नपाएको अध्यक्ष बम्जनको भनाइ छ ।

गाई फार्म सञ्चालनका लागि छु्ट्याईएको २२ लाख ५६ हजार रुपैयाँ बजेट गाउँपालिकाको कोभिड १९ कोषमा रकमान्तर गरी काम गरिएको अध्यक्ष बम्जनले बताउनुभयो । गाईफर्ममा उत्पादन भएको दूधको विक्री वितरणका लागि डेरी तथा चिस्यान केन्द्र पनि निर्माण गरी सञ्चालनमा ल्याएइको छ । मरिण गाउँपालिकाको ९ लाख आर्थिक सहयोगमा कपिलाकोट साना किसान कृषि सहकारी संस्थाले नै केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्