जिराउडको गोलमा चेल्सीको जित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जिराउडको गोलमा चेल्सीको जित

    मा प्रकाशित

कनिका डेस्क
असार ३१, दाङ
ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको छ । गएराति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो । च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठुलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफूलाई थप सुरक्षित गरेको छ । पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत् गोल गर्दै चेल्सीलाई जित दिलाउनुभएको हो । चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ । लण्डन क्लबको ३६ खेलबाट ६३ अंक छ । अर्को सिजन रेलिगेशनमा परेको नर्विचको २१ अंक छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्