देवराज सुवेदी
साउन १,सिन्धुपाल्चोक ।
लगातारको वर्षापछि झरेको पहिरोले घर बगाउँदा सिन्धुपाल्चोकमा ५ जना वेपत्ता भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेका छन् भने त्यहाँ बस्दै आएका ५ जना वेपत्ता भएका छन् ।
आज बिहान करिब साढे १ बजे झरेको पहिरोले घर बगाएको भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर रामचन्द्र घिमिरेका अनुसार २ घरका ५ वेपत्ता भएका हुन् । प्रहरी घटनास्थल पुग्न सकेको छैन । अविरल वर्षाले भोटेकोशीमा पानीको सतह १.५ मिलिमिटर पुगेको छ ।
मा प्रकाशित