आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक÷दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्