आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
आज साउने सङक्रान्ति । आज नेपाली संस्कृतिसँग विशेष महत्व राख्ने दिन पनि हो । आजको दिनलाई साउने सङ्क्रान्ति पर्वको रुपमा मनाइन्छ ।
असार महिना किसानको लागि भ्यानभ्याई हुने महिना हो । माना रोपेर मुरी फलाउने महिनाका रुपमा असार महिनालाई किसानले लिने गर्दछन् । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नुपर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल, परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।
साउन महिनामा भगवान शिवको पूजा गरेर पनि महिलाहरूले मनाउने गर्छन् । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्