श्रम मन्त्रालयका तीन विवादास्पद निर्णय खारेज – Kanika Khabar
Thursday, May 2Nepali News Portal

श्रम मन्त्रालयका तीन विवादास्पद निर्णय खारेज

    मा प्रकाशित

काठमाडौँ, ७ वैशाख ।
पूर्व श्रममन्त्री शरतसिंह भण्डारीले गरेका तीनवटा विवादास्पद निर्णयहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खारेज गरेको छ । पूर्व श्रममन्त्री भण्डारीले गरेका तीनवटा विवादास्पद निर्णयहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खारेज गरेको हो ।

वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले मागपत्रको प्रमाणीकरण, अनिवार्य अङ्ग्रेजी भाषा र पूर्व प्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी निर्णयहरु खारेज गरेका हुन्।

श्रमिकले विदेश जाँदा न्यूनतम अङ्ग्रेजी भाषा जानेकै हुनुपर्ने गरी गएको मङ्सिरमा भएको निर्णय खारेज भएको छ । योसँगै अब खाडी देशमा जाने श्रमिकले अङ्ग्रेजी भाषा जानेको हुनुपर्ने व्यवस्था कार्यान्वयन नहुने भएको छ । यस्तै गएको असोजमा भएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि – २०७६ को दोस्रो संशोधनसम्बन्धी निर्णय पनि खारेज भएको मन्त्रालयले जनाएको छ ।

यसअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण कक्षा बापतको शुल्क चार गुणाले बढाउँदै खाडी देश जान अङ्ग्रेजी र सम्बन्धित देशको भाषा कक्षा र परीक्षा अनिवार्य गर्ने निर्णय भएको थियो । नयाँ श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकले लिनुपर्ने पूर्व प्रस्थान अभिमुखीकरण तालिम बापतको दुई हजार आठसय रुपैयाँ पुर्याउने निर्णय अब कार्यान्वयन हुने छैन ।

नयाँ निर्णयसँगै यस बापतको शुल्क सात सय रुपैयाँ नै कायम हुनेछ । यस्तै वैदेशिक रोजगारको मागपत्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागबाटै प्रमाणीकरण गर्ने व्यवस्था पनि खारेज भएको छ । अब निर्देशिका बमोजिम मागपत्र प्रमाणीकरणको काम सम्बन्धित देशमै रहेका नेपाली दूतावासले मात्रै गर्ने भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्