अब कक्षा १२ काे परीक्षा केन्द्र स्वचालित विधिबाट, याे वर्ष काठमाडौंमा नमुनामा रूपमा का अब र्यान्वयन गरिदै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

अब कक्षा १२ काे परीक्षा केन्द्र स्वचालित विधिबाट, याे वर्ष काठमाडौंमा नमुनामा रूपमा का अब र्यान्वयन गरिदै

    मा प्रकाशित

काठमाडाैँ, ७ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षमा कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा स्वचालित विधि लागु गर्ने भएकाे छ ।

कक्षा १२ का परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो शिक्षा मन्त्रालयमा आएपछि स्वचालित विधिबाट परीक्षा केन्द्र निधार्ण गरिने निर्णय बाेर्डले गरेकाे हाे ।

शिक्षामन्त्री सुमना श्रेष्ठले समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्‍याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी हुन् ।

बाेर्डले स्वचालित विधि यस वर्षलाई काठमाडौंबाट नमुनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी गरेकाे छ।

यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा विद्यालय र केन्द्रको दूरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ । सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र बाँडिएको छ ।

एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकामा पनि नपर्ने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्