ज्येष्ठ नागरिकको सम्मानका लागि स्थानीय सरकार प्रतिवद्व छ : नगर प्रमुख खड्का – Kanika Khabar
Saturday, May 18Nepali News Portal

ज्येष्ठ नागरिकको सम्मानका लागि स्थानीय सरकार प्रतिवद्व छ : नगर प्रमुख खड्का

    मा प्रकाशित

दाङ, २२ वैशाख ।

दाङकाे तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले जेष्ठ नागरिकको सम्मानका लागि स्थानीय सरकार प्रतिवद्व भएको बताएका छन् ।

ज्येष्ठ नागरिक समाज तुलसीपुरको १८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रमुख खड्काले ज्येष्ठ नागरिक समाजको सम्पत्ति भएको भन्दै आफूले सधै मार्गदशर्कको रूपमा लिएको बताए ।

ज्येष्ठ नागरिकको सुझाव अनुसार आफू अघि बढ्ने भन्दै प्रमुख खड्काले जेष्ठ नागरिकको सम्मानका लागि आफू प्रतिवद्व भएको बताए ।

ज्येष्ठ नागरिकका हरेक समस्याका समाधान गर्न स्थानीय सरकार दृढका साथ लाग्ने उनको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्