ओखलढुङ्गामा करदाता सेवा कार्यालय खुल्यो, अब कर तिर्न लहान पुग्नु नपर्ने – Kanika Khabar
Monday, April 21Nepali News Portal

ओखलढुङ्गामा करदाता सेवा कार्यालय खुल्यो, अब कर तिर्न लहान पुग्नु नपर्ने

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, ओखलढुङ्गा
ओखलढुङ्गामा करदाता सेवा कार्यालय खुलेको छ । आर्थिक वर्षको पहिलो दिन साउन १ गते आजबाट ओखलढुङ्गामा कर कार्यालय सञ्चालनमा आएको हो । करदाता सेवा कार्यालय खुलेसँगै ओखलढुङ्गा र सोलुखुम्बुका करदातालाई सहज भएको छ । दुई जिल्लाका करदातालाई पायक पर्नेगरी ओखलढुङ्गा सदरमुकाममा करदाता सेवा कार्यालय स्थापना भएसँगै कर तिर्नका लागि सिरहाको लहान जानुपर्ने बाध्यता हटेको छ । करदाता सेवा कार्यालय सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुङ्गा र सोलुखुम्बुलाई हेर्ने गरी स्थापना भएको करदाता सेवा कार्यालयका कर अधिकृत कुसुम सिर्मलले जानकारी दिनुभयो । कार्यालयले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता, अन्त शुल्क दर्ता एवम् इजाजत पत्र वितरणर जारी तथा नवीकरण, स्थायी लेखा नम्बर लिँदाको विवरणर जानकारी संशोधन तथा कारोबार र शाखा थपघट लगायत १४ प्रकारका सेवा दिने सिर्मलको भनाई छ । ओखलढुङ्गामा ५ हजार ६ सय ५२ करदाता रहेका छन् । यस्तै सोलुखुम्बुमा ४ हजार ६ सय १० करदाता रहेको कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्