दाङ, १ असार ।
दाङमा पानी ट्याङ्कीमा डुबेर ७० वर्षीया एक बद्धाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौरा निवासी ७० वर्षीया शान्त कुमारी देवकोटाको आफ्नै घर नजिकै रहेको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार साढे १० बजेको समयमा स्थानीयले देवकोटालाई ट्याङ्कीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको थियो ।
शवको पोस्टमार्टमपछि आफन्तले लास बुझेका छन् ।