चेम्बरले घरभाडा छुट दिने १७ घरधनीलाई सम्मान ग‍र्यो – Kanika Khabar
Sunday, September 8Nepali News Portal

चेम्बरले घरभाडा छुट दिने १७ घरधनीलाई सम्मान ग‍र्यो

    मा प्रकाशित

कनिका खबर
साउन २, दाङ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा शुक्रबार १७ जना घरधनी सम्मानित भएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी, होटल व्यवसायी ठुलो घाटा व्यहोरेको अवस्थामा घरधनीले विपदका बेला घरभाँडामा केही छुट गरी सहयोग गरेकाले उनीहरूको योगदानलाई कदर गर्दै राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले एक कार्यक्रमको आयोजना गरि आफ्नै कार्यालय सिसहनियाँमा १७ जना घरधनीलाई सम्मान पत्र र खाँदा लगाएर सम्मान गरेको हो ।
चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदीले घरधनीहरूलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले घरभाँडा छुट दिने विषय करकापको विषय नभएकोले मन भएका घरधनीले विपदको समयमा घरभाँडा छुट दिनु पवित्र कार्य भएकोले त्यस तर्फ घरधनीहरू आफै सोच्ने कुरा रहेको बताउँदै घरभाडा छुट दिने सवैलाई धन्यवाद दिएका थिए ।
घरभाडा छुट दिनेहरूमा राप्ती गाउँपालिका १ भालुवाङका अखबर अलिले ४ महिना, वडा नम्बर १ पाखापानीका निमा सुवेदीले ३ महिना, वडा नम्बर ५ सिसहनियाँका ईश्वरीप्रसाद अधिकारीले ३ महिना, वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, सोही वडाका सरोज चौधरी, वडा नम्बर ८ पिपरीका धनबहादुर गुरूङ, सोही वडाका गोपालबहादुर खत्रीले २र२ महिना, वडा नम्बर ५ सिसहनियाँका बसन्तबहादुर थापाले डेढ महिना, वडा नम्बर ५ सिसहनियाँका गोविन्दबहादुर कुवर क्षेत्री, वडा नम्बर ८ पिपरीका सुर्यनारायण चौधरी, वडा नम्बर ५ सिसहनियाँका बसन्तकुमार रावत,सनातन चौधरी, भिमलाल चौधरी, जितेन्द्र गुप्ता, राजु चौधरी, वडा नम्बर १ भालुवाङका यमबहादुर केसी र होमप्रसाद शर्माले १र१ महिनाको घरभाडा छुट दिएका छन् । पहिलो चरणमा १७ जनालाई सम्मान गरेको चेम्बरले दोस्रो चरणमा पनि सम्मान गर्न छुटेका घरधनीलाई सम्मान गर्ने बताएको छ । चेम्बरका प्रथम उपाध्यक्ष मनु बेल्वासेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा सम्मानित घरधनी ईश्वरीप्रसाद अधिकारी, सम्मानित घरधनी अखबर अलि, चेम्बरका सल्लाहकार तथा सम्मानित घरधनी गोविन्द कुवर क्षेत्री लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्