सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न आयोगको निर्देशन – Kanika Khabar
Friday, March 29Nepali News Portal

सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न आयोगको निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न निर्देशन दिएको छ । पत्रकारको श्रमको सम्मान गर्न र रोजगारीबाट नहटाउन सञ्चार प्रतिष्ठान र नेपाल सरकारलाई आयोगले हिजो निर्देशन दिएको हो । कोरोना महामारी र बन्दाबन्दीको अवस्थामा केही सञ्चारगृहले लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई पारिश्रमिकसमेत नदिई, जिम्मेवारीबाट हटाएको, विनाकारण अति दुर्गम स्थानमा सरुवा गरी मानसिक रुपमा तनाव समेत दिएको उजुरी आयोगमा परेको छ । यसलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिइएको आयोगका सचिव एवम प्रवक्ता बेदप्रसाद भट्टराइले सीआईएनसँग बताउनुभयो । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट दुईहजार भन्दा बढी श्रमजीवी पत्रकार पेसाबाटै पलायन हुनुपरेको नेपाल पत्रकार महासंघले जानकारी गराएको पनि मानव अधिकार आयोगले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्