टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक – Kanika Khabar
Sunday, April 19Nepali News Portal

टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
साउन ३, दाङ
सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले जुलाई २३ देखि अगस्ट ८ सम्म हुने खेलकुदको कुम्भमेलाको खेल तालिका हिजो सार्वजनिक गरेको हो । खेल तालिका अनुसार विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । कोरोना भाईरसका कारण एक वर्ष सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि प्रतियोगिता एक वर्ष सारिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्